
वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै १४ करोड १३ लाख रूपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुर हेटौँडा उपमहानगरपालिका–४ घर भई हाल ललितपुर महानगरपालिका–४ बस्ने ५२ वर्षीय शम्भु दयाल अग्रवाल रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।
पक्राउ परेका शम्भुले विभिन्न देश पठाइदिने भन्दै पीडितहरूबाट १४ करोड १३ लाख लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा आइतबार पक्राउ गरिएको उनले बताए ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको एसपी आचार्यले बताए ।