०८ असार २०८३, सोमबार

भदौ २३ गते जेनजी राष्ट्रिय दिवस मनाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

मंसिर १६, २०८२
काठमाडौं
भदौ २३ गते जेनजी राष्ट्रिय दिवस मनाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
फाइल फोटो

भदौ २३ गते जेनजी राष्ट्रिय दिवस मनाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।

सरकारको निर्णयविरुद्ध अधिवक्ता डा. प्रेमराज सिलवालले मंगलबार सर्वोच्चमा रिट पेस गरेका हुन् ।

सुशीला कार्की नेतृत्वको सरकारले सोमबार भदौ २३ गतेलाई जेनजी राष्ट्रिय दिवसको रूपमा मनाउने निर्णय गरेको थियो ।

‘जुन दिन र सो समयमा नेपाल संविधानसभाले निर्माण गरेको संविधान तथा संसद् भवनमा आगो लगायो, सिंहदरबार र सर्वोच्च अदालत तथा निजी र सार्वजनिक सम्पत्तिमा आगजनी, लुटपाट, चोरी र अपराध भयो । त्यस्तो विवादास्पद र आपराधिक क्रियाकलाप भएको दिनलाई 'जेनजी शहीद दिवस' भनेर मनाउने सरकारी निर्णयले आम नागरिक, घटनामा पीडित र लोकतन्त्रमा विश्वास गर्नेप्रति घोर अन्याय भइ सम्मानमाथि चोट पुगेकाले सरकारको उक्त निर्णय खारेज गर्न माग गर्दै मैले सर्वोच्च अदालतमा रिट पेश गरेको छु,’ रिट निवेदक सिलवालले लोकान्तरसँग भने ।

अहिले रिट दर्ता भइसकेको छैन । अध्ययनको क्रममा रहेको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्