२४ असार २०८३, बुधबार

एनपीएल- २ : पोखराका एडम रोसिङ्टनले बनाए दोस्रो शतक

मंसिर १६, २०८२
काठमाडौं
एनपीएल- २ : पोखराका एडम रोसिङ्टनले बनाए दोस्रो शतक

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको मंगलबार जारी कर्णाली याक्सविरुद्धको खेलमा पोखरा एभेन्जर्सका ओपनर ब्याट्सम्यान एडम रोसिङ्टनले शतक बनाएका छन् ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा रोसिङ्टनले केवल ५५ बलको सामना गरी ६ छक्का र ११ चौकाको मद्दतले शतक बनाएका हुन् ।

जारी सिजनको एनपीएलमा शतक बनाउने उनी दोस्रो खेलाडी हुन् । यसअघि, कर्णाली याक्सका मार्क वाटले लुम्बिनी लायन्सविरुद्धको खेलमा ४४ बलमा अविजित एक सय १४ रन बनाएका थिए ।

null

जारी सिजनको एनपीएलमा रोसिङ्टनले एउटा अर्धशतक पनि बनाएका छन् । एनपीएलको पहिलो संस्करणमा एकजना ब्याट्सम्यानले मात्र शतक बनाउन सकेका थिए ।

पहिलो संस्करणमा पोखरा एभेन्जर्सकै प्रभावशाली ब्याट्सम्यान एन्ड्रिस गाउसले अविजित एक सय चार रन बनाएका थिए ।

रमाइलो संयोग के हो भने हालसम्म एनपीएलमा बनेको तीनमध्ये दुई शतक पोखराका खेलाडीले बनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्