२० असार २०८३, शनिबार

यू–१८ लिगका लागि २५ मंसिरभित्र टिम दर्ता गराउन आग्रह

मंसिर १६, २०८२
काठमाडौं
यू–१८ लिगका लागि २५ मंसिरभित्र टिम दर्ता गराउन आग्रह

अखिल नेपाल फुटबल संघ (एन्फा) ले यस वर्ष सञ्चालन हुने ‘एएनएफा यू–१८ यूथ लिग फुटबल प्रतियोगिता–२०८२’का लागि सहभागी क्लबहरूलाई निर्धारित समयभित्र टिम दर्ता गराउन अनुरोध गरेको छ।

एन्फा​का महासचिव किरण राईले मनाङ मर्स्याङ्दी क्लब, संकटा क्लब, एपीएफ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, चर्च ब्वाइज युनाइटेड, हिमालयन शेर्पा क्लब, फ्रेण्ड्स क्लब, मछिन्द्र फुटबल क्लब, जावलाखेल युथ क्लब, एनआरटी क्लब, सातदोबाटो युथ क्लब, प्लानिङ ब्वाइज युनाइटेड क्लब र श्रीभगवती क्लबलाई पत्र पठाउँदै मंसिर २५ गतेभित्र टिम दर्ता गर्न अनुरोध गरेका हुन्।

एन्फाका अनुसार यू–१८ यूथ लिग प्रतियोगिताका तयारी तीव्र हुँदै गएको छ। प्रतियोगिता सञ्चालनका लागि आवश्यक प्रक्रियाअन्तर्गत सबै ए–डिभिजन क्लबलाई समयमै टिम दर्ता गर्न आग्रह गरिएको हो।

salt training

कमेन्ट गर्नुहोस्