२४ असार २०८३, बुधबार

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?​

मंसिर १७, २०८२
काठमाडौं
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?​

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनचाँदीको मूल्य निरन्तर उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५४ हजार १०० कायम भएको छ ।

आज चाँदीको मूल्य ११० रुपैयाँले बढेर तोलामा तीन हजार ६५५ निर्धारण भएको छ ।

मङ्गलबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५३ हजार ३०० निर्धारण भएको थियो भने एक तोला चाँदी रु तीन हजार ५४५ मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एकऔंस सुन चार हजार २२६ र त्यति नै परिमाणको चाँदी ५९ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्