२९ असार २०८३, सोमबार

जिम्नास्टिक प्रशिक्षक दर्शनधारीको निधन

मंसिर १७, २०८२
काठमाडौं
जिम्नास्टिक प्रशिक्षक दर्शनधारीको निधन

राष्ट्रिय खेलकुद परिषद (राखेप) मा कार्यरत प्रशिक्षक निरु दर्शनधारीको निधन भएको छ ।

राखेपमा जिम्नास्टिक खेलकी वरिष्ठ प्रशिक्षकका रूपमा कार्यरत दर्शनधारी केही वर्षदेखि क्यान्सर रोगको उपचार गराइरहेकी थिइन् । राखेपका अनुसार उनको मंगलबार साँझ उपचारका क्रममा निधन भएको हो ।

प्रशिक्षक दर्शनधारीको पार्थिव शरीरमा राखेपका कार्यकारी समिति सदस्य कमलबहादुर भट्टराईले परिषद्को झण्डा ओढाएर सम्मान व्यक्त गरे ।

बुधबार राखेप प्राङ्गणमा आयोजित कार्यक्रम प्रशिक्षक दर्शनधारीप्रति प्रशिक्षक, खेलाडी र कर्मचारीहरूले श्रद्धाञ्जली व्यक्त गरे ।

निरु दर्शनधारी २०५२ साल भदौदेखि राष्ट्रिय खेलकुद परिषद्‌मा जिम्नास्टिक प्रशिक्षकको रूपमा कार्यरत थिइन् । राखेपका अनुसार उनको परिवारमा श्रीमान्‌मात्र छन् ।

salt training

कमेन्ट गर्नुहोस्