२४ असार २०८३, बुधबार

भारतले ३५७ लाख टन अन्न उत्पादन गर्दै ऐतिहासिक कीर्तिमान बनायो– मोदी

मंसिर १७, २०८२
काठमाडौं
भारतले ३५७ लाख टन अन्न उत्पादन गर्दै ऐतिहासिक कीर्तिमान बनायो– मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले वर्ष २०२५ मा ३५७ लाख टन खाद्यान्न उत्पादन गरी ऐतिहासिक रेकर्ड बनाएको बताएका छन् । यो उपलब्धिलाई उनले देशको कृषि क्षेत्रको महत्त्वपूर्ण प्रगतिको रूपमा वर्णन गरेका छन् ।

मासिक रेडियो कार्यक्रम ‘मन की बात’को १२८ औं संस्करणमार्फत राष्ट्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले गत दशकमा भारतको खाद्यान्न उत्पादन १० करोड टनले बढेको बताए । खाद्य सुरक्षा र आत्मनिर्भरता हासिल गर्न भारतले स्थिर गतिको प्रगति गरिरहेको उनले बताए ।

'भारतले कृषि क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको छ । अहिले देशको खाद्यान्न उत्पादन ३५७ लाख टन पुगेको छ । दस वर्षअघिसँग तुलना गर्दा यस अवधिमा खाद्यान्न उत्पादन १० करोड टनले बढेको छ,' प्रधानमन्त्री मोदीले भने ।

कोयम्बटोरमा आयोजना गरिएको नेचुरल फार्मिङ प्रदर्शनीको स्मरण गर्दै उनले प्राकृतिक खेतीमा युवा पुस्ताको आकर्षण प्रशंसनीय रहेको बताए ।

'म दक्षिण भारतमा प्राकृतिक खेती प्रवर्द्धनका लागि भइरहेको प्रयासबाट निकै प्रभावित भएँ । धेरैजसो दक्ष र उच्च शिक्षित युवाहरू अहिले प्राकृतिक खेतीतर्फ आकर्षित भइरहेका छन्,' प्रधानमन्त्री मोदीले भने ।

यसअघि नोभेम्बर १९ मा मोदीले ‘पीएम–किसान सम्मान निधि’को २१ औं किस्ता वितरणसँगै तामिलनाडुको कोयम्बटोरमा प्राकृतिक खेती प्रदर्शनी उद्घाटन गरेका थिए । सो क्रममा उनले स्थानीय किसानहरूसँग अन्तरक्रिया गरेका थिए र विभिन्न कृषि उत्पादन तथा बालीको वृद्धि देखाइएको प्रदर्शनी अवलोकन गरेका थिए । प्रधानमन्त्रीसँगै तामिलनाडुका राज्यपाल आर.एन. रवी पनि सहभागी थिए ।

दक्षिण भारत प्राकृतिक खेती सम्मेलन २०२५ नोभेम्बर १९ देखि २१ सम्म तामिलनाडु नेचुरल फार्मिङ स्टेकहोल्डर्स फोरमको आयोजनामा कोयम्बटोरमा सम्पन्न भएको थियो । सम्मेलनको उद्देश्य दिगोपनामा आधारित, वातावरणमैत्री र रसायनमुक्त खेती प्रवर्द्धन गर्ने तथा प्राकृतिक र पुनर्जीवनशील कृषि मोडेललाई भारतको भविष्यमुखी, जलवायु–सम्वेदनशील र आर्थिक रूपमा टिकाउ कृषि प्रणालीका रूपमा अघि बढाउने थियो ।

सम्मेलनले किसान समूह र ग्रामीण उद्यमीहरूलाई बजारसँग जोड्ने उपाय, जैविक सामग्री, प्रशोधन, वातावरणमैत्री प्याकेजिङ र स्थानीय प्रविधिमा भएका नवीनता प्रदर्शन गर्ने विषयमा पनि केन्द्रित थियो ।

 

salt training

कमेन्ट गर्नुहोस्