२६ असार २०८३, शुक्रबार
नेपाल प्रिमियर लिग

एनपीएलमा सुदूरपश्चिमको अपराजित यात्रा कायमै, ‘क्वालिफायर’मा पुग्यो

मंसिर १८, २०८२
काठमाडौं
एनपीएलमा सुदूरपश्चिमको अपराजित यात्रा कायमै, ‘क्वालिफायर’मा पुग्यो

नेपाल प्रिमियर लिग (एनपीएल)को जारी दोस्रो संस्करणमा सुदूरपश्चिम रोयल्स अपराजित यात्रा कायम राख्दै ‘क्वालिफायर’मा पुगेको छ । 

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार साँझ भएको खेलमा चितवन राइनोजलाई ४९ रनले हराउँदै सुदूरपश्चिमले ‘क्वालिफायर’मा स्थान पक्का गरेको हो । 

सुदूरपश्चिमले अहिलेसम्म खेलेका ६ वटै खेल जितेको छ । लिग चरणमा अपराजित रहेको सुदूरपश्चिम १२ अंकसहित अंक तालिकाको शीर्षस्थानमा आसिन छ । 

अहिलेसम्म खेलेका ६ खेलमध्ये चार हार बेहोरेको चितवनको दुई जितसहित चार अंक छ । 

सुदूरपश्चिमले दिएको १७० रनको लक्ष्य पछ्याउने क्रममा चितवन १२० रनमै समेटियो । चितवनका लागि रवि बोपाराले सर्वाधिक २९ रन बनाए । उनले २३ बलमा एक चौका र दुई छक्का प्रहार गरे । 

त्यस्तै, देव खनालले २८, अर्जुन साउँदले १६ र कुशल मल्लले १५ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । 

सुदूरपश्चिमका लागि पुनित मेहराले दुई, दीपेन्द्रसिंह ऐरी, हिक्मत महरा, अविनाश बोहरा र इशान पाण्डेले एक/एक विकेट लिए। 

null

पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले चार विकेटको क्षतिमा एक सय ६९ रन बनाएको थियो । 

सुदूरपश्चिमका लागि ओपनर क्रिस लिनले सर्वाधिक ७५ रन बनाए । उनी रिटाइर्ड हर्ट भए । लिनले ५६ बलमा ५ चौका र ३ छक्का प्रहार गरे ।

ओपनर विनोद भण्डारी २१, इशान पाण्डे १, पुनिट मेहरा १३, हर्मित सिंह १ रनमा आउट भए । कप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेख दुवै २४–२४ रनमा अविजित रहे । 

बलिङमा चितवनका सैफ जैबले २, रञ्जित कुमार र जर्ज स्क्रिम्शले एक/एक विकेट लिए । 

चितवनलाई हराउँदै सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा पुग्दा विराटनगर किंग्सको पनि ‘प्लेअफ’मा स्थान सुरक्षित भएको छ । विराटनगर लिग चरणका ६ मध्ये दुई खेलमा हार र चार खेलमा जितसहित आठ अंक बटुलेर तेस्रो स्थानमा छ । 

salt training

कमेन्ट गर्नुहोस्