
नेपाल प्रिमियर लिग (एनपीएल)मा आजको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितका लागि १२१ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२० रन बनायो ।
चितवनका देव खनालले सर्वाधिक ३५, अल्पेश राम्जानीले ३३, कप्तान कुशल मल्लले २३ र सैफ जैबले १७ रन बनाए ।
यता, बलिङमा पोखराका धनन्जय लक्षनले ३, विपिन खत्री, रोहित चन्द र किरण ठगुन्नाले समान १/१ विकेट लिए ।
प्लेअफ दौडबाट बाहिरिसकेका दुवै टोलीका लागि आजको खेल प्रतिष्ठाको लडाइ मात्रै हुनेछ ।
दुवै टोलीले छ खेलबाट समान चार अङ्क जोडेका छन् ।
यसैबीच आज भएको पहिलो खेलमा विराटनगरले सुदूरपश्चिमलाई पराजित गरेको थियो ।