
भारतसँगको व्यापार घाटा न्यूनीकरण गर्न स्वदेशी वस्तुको निर्यात बढाउने सरकारी नीति र व्यवसायीको प्रयासमा भारतीय भन्सारको नयाँ नियमले समस्या सिर्जना गरेको छ ।
विराटनगर–जोगबनी नाका हुँदै भारततर्फ वस्तु निर्यात गर्दा भारतीय पक्षले लागु गरेको ‘टोकन प्रणाली’ र पार्किङ शुल्कमा गरिएको अस्वाभाविक वृद्धिले नेपाली निर्यातकर्ता पीडित भएका हुन् ।
जोगबनीस्थित भारतीय भन्सार कार्यालयले मालवाहक सवारीसाधन जाँचका लागि लागु गरेको समयसीमा र जरिबानाको प्रावधानले नेपाली व्यवसायीलाई ‘अतिरिक्त भार’ बोकाएको छ । नयाँ व्यवस्था अनुसार, निर्यातका लागि टोकन लिएको २४ घण्टाभित्र सवारीसाधन भारतीय भन्सारमा प्रवेश भइसक्नु पर्छ । कुनै मालवाहक गाडी अपराह्न ४ बजेपछि भन्सारविन्दुमा प्रवेश गरेमा व्यवसायीले पाँच हजार रुपियाँ जरिबाना तिर्नुपर्ने बाध्यकारी नियम लगाइएका कारण समस्या थपिएको हो ।
नेपाली निर्यातकर्ताका अनुसार प्लाइउड, जुट वा अन्य औद्योगिक कच्चा पदार्थ लोड गरेर भन्सार प्रक्रिया पूरा गर्दागर्दै कहिलेकाहीँ प्राविधिक ढिलाइ हुन जान्छ । गोरखापत्रले खबर छापेको छ ।