२६ असार २०८३, शुक्रबार

बर्दिया घटनाबारे छानबिन गर्न समिति गठन, ५ दिनभित्र प्रतिवेदन पेस गर्नुपर्ने

मंसिर २१, २०८२
काठमाडौं
बर्दिया घटनाबारे छानबिन गर्न समिति गठन, ५ दिनभित्र प्रतिवेदन पेस गर्नुपर्ने
फाइल फोटो

गृह मन्त्रालयले बर्दिया घटनाबारे सत्यतथ्य बुझ्न छानबिन समिति गठन गरेको छ ।

बर्दियाको बढैयाताल- ४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या रोज्न बाध्य भएको भनिएको घटनामा सत्यतथ्य छानबिन गर्न मन्त्रालयका सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो ।

गृहमन्त्री ओमप्रकाश अर्यालले घटनाबारे सर्वत्र चासो र चिन्ता प्रकट भएपछि मन्त्रालयको पनि गम्भीर ध्यानाकर्षण भएको बताउँदै आइतबार सचिवस्तरीय निर्णयमा सहसचिव पन्थीको संयोजकत्वमा मन्त्रालयकै उपसचिव कुलशेखर अर्याल र एक जना सदस्य रहने गरी घटनाको छानबिन गर्न समिति गठन गरिएको हो ।

समितिलाई घटनाबारे निष्पक्ष र सत्यतथ्य रूपमा जाँचबुझ गरी पाँच दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ ।

यसै घटनाको सत्यतथ्य बुझ्न भन्दै प्रधानमन्त्री सुशीला कार्कीले पनि गृहमन्त्री अर्याललाई निर्देशन दिएकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्