२३ जेठ २०८३, शनिबार
११ औं महाधिवेशन​

अहिलेसम्मकै ठूलो मास ल्याउने दाबी गरेको एमालेले कसरी गरिरहेको छ तयारी ? [भिडियो स्टोरी]

मंसिर २२, २०८२
काठमाडौं

नेकपा एमालेले ११ औं महाधिवेशनको उद्घाटन समारोहमा नेपालको इतिहासकै ठूलो उपस्थिति गराउने दाबीसहित तयारी थालेको छ ।

मंसिर २७ गते शनिबार भक्तपुरको सल्लाघारीमा महाधिवेशन उद्घाटन हुँदैछ । ३ लाखभन्दा बढी जनसहभागिता गराउने एमालेको तयारी छ ।

जेनजी आन्दोलनका नाममा मूलधारका राजनीतिक दलमाथि प्रहार भइरहेको समयमा जनताको समर्थन देखाउन पनि सभामा अहिलेसम्मकै ठूलो उपस्थिति गराइने एमाले नेताहरूले दाबी गरेका छन् ।

एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले महाधिवेशनमा ५ लाख जनपरिचालन हुने दाबी गरे । त्यसका लागि तयारी भइरहेको उनले बताए ।

अर्का स्थायी कमिटी सदस्य लालबाबु पण्डितले जिल्ला– जिल्लाबाट स्वतस्फूर्त टोली बनाएर कार्यकर्ता काठमाडौं आउने बताए । शनिबार दिउँसो साढे १२ बजे सल्लाघारीमा महाधिवेशनको उद्घाटन हुनेछ ।

महाधिवेशनमा सहभागी हुन अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षसहितको निमन्त्रणा कार्ड तयार गरिएको छ । प्रमुख राजनीतिक दलका नेतालाई उद्घाटन समारोहमा आमन्त्रण गरिएको छ ।

पोलिटब्युरो सदस्य महेश बस्नेतले भव्य र व्यापक जनसहभागितासहित महाधिवेशनको उद्घाटन गरिने बताए । उद्घाटन समारोहमा अहिलेसम्मकै धेरै मास उपस्थित गराउन व्यापक तयारी भएको उनले बताए ।

महाधिवेशन उद्घाटन स्थल भक्तपुरको सल्लाघारीमा सरसफाइको काम चलेको र मञ्च भने २६ गते तयार हुने पण्डितले बताए । मंसिर २६ देखि २९ सम्म चल्ने महाधिवेशनको बन्दशत्र भने काठमाडौंको भृकुटीमण्डपमा हुनेछ ।  

हेर्नुहोस्, भिडियो स्टोरी:

salt training

कमेन्ट गर्नुहोस्