
सिराहाको बरियारपट्टी गाउँपालिका-२ बाट स्रोत नखुलेको नगद ७ लाख रूपैयाँसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही गाउँपालिका-३ बस्ने ४६ वर्षीय दिनेश महतो रहेका छन् । उनलाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय महेशपुरपतारबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३२ ए डब्लु ८३७७ नम्बरको स्कुटरमा सवार उनलाई उक्त नगदसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।