
सर्वोत्तम सिमेन्टले झापाको भद्रपुरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ।
यही मंसिर २० गते भद्रपुर नगरपालिका ९ मा रहेको आफ्नो कारखाना स्थलमा शिविर आयोजना गरेको हो ।
निःशुल्क औषधि समेत वितरण गरिएको शिविरमा कुल ४०८ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका कम्पनीले जनाएको छ ।
शिविरमा वरिष्ठ फिजिसियन, गाइनोकोलोजिष्ट, नेत्र विशेषज्ञ र डर्माटोलोजिस्टलगायत अन्य २२ जना स्वास्थ्य सेवा प्रदान गरेका थिए ।
उद्योगका उपमहाप्रबन्धक नेत्रप्रसाद घिमिरेको नेतृत्वमा आयोजित उक्त कार्यक्रममा भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्की, वडा नम्बर ९ का अध्यक्ष रामप्रसाद दाहाल तथा प्रगति टोल विकास समितिका अध्यक्ष टेकबहादुर रोक्कालगायतको उपस्थित थियो ।
उपमहाप्रबन्धक घिमिरेले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य शिविरकालगायतका कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि गर्ने बताए ।