२४ जेठ २०८३, आइतबार

झापाको भद्रपुरमा सर्वोत्तम सिमेन्टको निःशुल्क स्वास्थ्य शिविर

मंसिर २४, २०८२
काठमाडौं
झापाको भद्रपुरमा सर्वोत्तम सिमेन्टको निःशुल्क स्वास्थ्य शिविर

सर्वोत्तम सिमेन्टले झापाको भद्रपुरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ।

यही मंसिर २० गते भद्रपुर नगरपालिका ९ मा रहेको आफ्नो कारखाना स्थलमा शिविर आयोजना गरेको हो ।

निःशुल्क औषधि समेत वितरण गरिएको शिविरमा कुल ४०८ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका कम्पनीले जनाएको छ ।

शिविरमा वरिष्ठ फिजिसियन, गाइनोकोलोजिष्ट, नेत्र विशेषज्ञ र डर्माटोलोजिस्टलगायत अन्य २२ जना स्वास्थ्य सेवा प्रदान गरेका थिए ।

उद्योगका उपमहाप्रबन्धक नेत्रप्रसाद घिमिरेको नेतृत्वमा आयोजित उक्त कार्यक्रममा भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्की, वडा नम्बर ९ का अध्यक्ष रामप्रसाद दाहाल तथा प्रगति टोल विकास समितिका अध्यक्ष टेकबहादुर रोक्कालगायतको उपस्थित थियो ।

उपमहाप्रबन्धक घिमिरेले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य शिविरकालगायतका कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि गर्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्