नेकपा एमालेको ११ औं महाधिवेशनको उद्घाटनका लागि मञ्च निर्माणको काम धमाधम भइरहेको छ ।
मंसिर २७ गते शनिबार महाधिवेशन उद्घाटनका लागि भक्तपुरको सल्लाघारीमा काम धमाधम चलिरहेको हो ।
मञ्च निर्माण समितिका संयोजक विनोद श्रेष्ठले नेपालमा अहिलेसम्म बनेका मध्येकै अत्याधुनिक मञ्च बन्ने लोकान्तरलाई जानकारी दिए ।
चार लेयरमा बन्न लागेको मञ्चमा ५ सय जना बस्न मिल्ने उनले जानकारी दिए ।

मञ्चमा चारवटा लेयर रहने र माथिल्लो तलामा चाँगुनारायण मन्दिरको स्तम्भ खडा गरिने उनले जानकारी दिए ।
शुक्रबारसम्म निर्माण भइसक्ने उनले जानकारी दिए । टाढासम्म सुन्न सकिने गरी साउन्ड सिस्टमको व्यवस्था गरिएको श्रेष्ठले जानकारी दिए ।
बुधबार सल्लाघारी चौरको सरसफाइ पनि गरिएको छ ।
उद्घाटनका दिन ५ लाख नेता कार्यकर्ता उतार्ने लक्ष रहेको स्थायी कमिटी सदस्य लालबाबु पण्डितले जानकारी दिए ।
शनिबार मध्याह्न अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्नेछन् ।
हेर्नुहोस्, भिडियो स्टोरी :