
प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीमा बढुवा भएका सहायक रथी लीलाबहादुर खनाल क्षेत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
यही मंसिर २२ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार उपरथी दर्जामा विशेष बढुवा भएका सहायक रथी क्षेत्रीलाई प्रधानसेनापति सिग्देलले आज जङ्गी अड्डामा आयोजित एक कार्यक्रमका बीच दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
सोही अवसरमा प्रधानसेनापति सिग्देलले सहायक रथी र महासेनानी दर्जामा पदोन्नति भएका एक/एक जना महासेनानी तथा प्रमुख सेनानीलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरेका सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

उक्त कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, अधिकृतलगायत पदोन्नति भएका रथीवृन्द तथा अधिकृतहरूको परिवारजनको उपस्थिति रहेको थियो ।