०७ साउन २०८३, बिहीबार

एनपिएल टोली जनकपुरले क्रिकेट एकेडेमी सञ्चालन गर्ने

मंसिर २६, २०८२
काठमाडौं
एनपिएल टोली जनकपुरले क्रिकेट एकेडेमी सञ्चालन गर्ने

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली जनकपुर बोल्ट्सले क्रिकेट एकेडेमी सञ्चालन गर्ने भएको छ । बोल्ट्सले आज यहाँ पत्रकार सम्मेलन गर्दै ‘जेबी क्रिकेट एकेडेमी’ सञ्चालन गर्ने आधिकारिक घोषणा गरेको हो ।

पहिलो संस्करणको विजेता जनकपुर जारी सिजनमा भने प्लेअफमा नपुग्दै खेलबाट बाहिरिएको थियो । जनकपुरका व्यवस्थापकीय निर्देशक उत्सव सिग्देलले मधेस प्रदेशलाई प्राथमिकतामा राखेर एकेडेमी सञ्चालन गर्ने जानकारी दिए । घोषणा कार्यक्रममा दोस्रो सिजनको एनपिएलमा मुख्य प्रशिक्षक रहेका शिवनाराइन चन्द्रपलको उपस्थिति थियो ।

जनकपुरले  प्रशिक्षक चन्द्रपलसँग आगामी वर्षहरूका लागि पनि सम्झौता भएको जनाएको छ ।  

कमेन्ट गर्नुहोस्