१९ असार २०८३, शुक्रबार

स्टार फुटबलर मेसी भारत पुगे, विमानस्थलमा हजारौंको भिड

मंसिर २७, २०८२
काठमाडौं
स्टार फुटबलर मेसी भारत पुगे, विमानस्थलमा हजारौंको भिड

अर्जेन्टिनाका स्टार फुटबलर लियोनेल मेसी भारत आएका छन् । शनिबार बिहान उनी कोलकाता आइपुगेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । उनीसँगै लुइस सुआरेज र रोड्रिगो डे पल पनि छन् । 

मेस्सी गट इन्डिया टुर २०२५ को एक भागको रूपमा कोलकाता आइपुगेका हुन् । मेसीलाई हेर्न हजारौं फ्यान कोलकाता विमानस्थलमा भेला भए।

समाचार एजेन्सी पीटीईका अनुसार, मेसीलाई स्वागत गर्न हजारौं मानिसहरू मध्यरात पछिसम्म पर्खिरहेका थिए। उनको विमान शनिबार बिहान २:२६ बजे कोलकातामा अवतरण भएको थियो ।

मेसीले तीन दिन भारतमा बिताउनेछन् र चार शहरहरूको भ्रमण गर्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्