
दिगो विकासका लक्ष्य प्राप्तिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई आफ्ना प्रडक्ट, प्रक्रिया तथा पार्टनरशिपमार्फत टेवा पुर्याउन अग्रसर कुमारी बैंकले ग्रीन हायर पर्चेज कर्जा योजना सञ्चालनमा ल्याएको छ ।
दिगो, समावेशी तथा जिम्मेवार बैंकिङको नियमित अभ्यास गर्दै दिगो विकासका लक्ष्य हासिल गर्न प्रतिबद्ध बैंकले जीआईजेड, ग्लोबल ग्रीन ग्रोथ इष्टिच्यूट आदि जस्ता संस्थाद्वारा व्यवस्थापना तथा प्रर्वद्धन गरिएको सस्टेनेबल इलेक्ट्रिक ट्रान्सपोर्ट नेपाल (SET4NPL) परियोजना अर्न्तगत साझेदारी गर्दै यो योजना सञ्चालनमा ल्याएको हो ।
यस योजना अन्तर्गत सार्वजनिक यातायात सेवा प्रवाहमा आवद्ध व्यक्तिले विद्युतिय बस तथा माइक्रो बस खारिद गर्न बैंकबाट कर्जा लिदा, आर्कषक ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्नुका साथै ऋणीले भुक्तानी गर्नु पर्ने शुरूआती रकम (डाउन पेमेन्ट)मा परियोजनाबाट निर्धारित अनुदान समेत पाउने छन् ।
त्यसैगरी, वर्तमान समयमा इन्धनमा आधारित सार्वजनिक सवारी साधन सञ्चालन गरिरहेका व्यक्तिले आफ्ना सवारी साधनलाई विद्युतीय बस तथा माइक्रो बसमा बदल्नका लागि कर्जा लिन चाहेमा समेत थप अनुदान प्राप्त गर्न सकिने छ ।
यसका लागि ऋणिहरूले परियोजनामा आवद्ध सवारी साधन आपूर्तिकर्ताबाट विद्युतीय बस तथा माइक्रो बस खरिद गर्नका लागि आवश्यक कागजातसहित कुमारी बैंकको शाखामा सम्पर्क गर्नुपर्नेछ ।
यस योजना अन्तर्गत समावेश गरिएका अनुदानले ऋणिको शुरूआती पुँजीको व्यवस्थापनमा सहुलियत हुन्छ भने सार्वजनिक यातायातमा विद्युतीय सवारी साधनको प्रयोगसँगै प्रदूषण समेत कम गर्न सकिने जस्ता बहुआयामिक लाभ प्राप्त हुने बैंकका दिगो बैकिङ विकास विभागका प्रमुख अर्पण पौडेलले बताए ।
विगत २४ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ५० एक्सटेन्सन काउन्टर, ४८ शाखारहित बैंकिङ ईकाईहरु तथा ३१७ एटीएम बुथमार्फत् सञ्चालन गरिरहेको छ ।
आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका लागि सहकार्य गर्दै जाने बैंकले प्रतिबद्धता जनाएको छ ।