१० साउन २०८३, आइतबार
कार्की जाँचबुझ आयोग

प्रधानमन्त्रीसँग भेटेपछि अध्यक्ष कार्की– 'अर्को साता दलका नेतालाई बयानमा बोलाउँछौं'

पुस २, २०८२
काठमाडौं
प्रधानमन्त्रीसँग भेटेपछि अध्यक्ष कार्की– 'अर्को साता दलका नेतालाई बयानमा बोलाउँछौं'

भदौ २३–२४ को घटना छानबिन गर्न गठित आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले अर्को साता राजनीतिक दलका नेतालाई बयानका लागि बोलाउने बताएका छन् ।

बुधबार प्रधानमन्त्री सुशीला कार्कीसँग सिंहदरबारमा छलफल गरेपछि अध्यक्ष कार्कीले राजनीतिक दलका नेतालाई बोलाउने तयारी गरेको बताएका हुन् ।

आयोगले भदौ २३–२४ को घटनालाई लिएर प्रहरीका अधिकारीहरू, काठमाडौंका तत्कालीन सीडीओ, तत्कालीन गृहसचिव र प्रधानसेनापति अशोक सिग्देलसँग बयान लिइसकेको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसँग आयोगले बयानको तयारी गरेको छ ।

null

एमाले अध्यक्ष समेत रहेका ओलीले आयोगको निष्पक्षतामा प्रश्न गर्दै बयानमा नजाने बताएका छन् ।

कार्कीले आयोगको म्याद १ महिना थप्नका लागि सरकारसँग आग्रह गरेका छन् ।

सरकारले ३ महिनाको समय दिएर असोज पहिलो साता कार्कीको अध्यक्षतामा आयोग गठन गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्