२८ असार २०८३, आइतबार

फूटबलर मारियोको गोली हानी हत्या​

पुस ३, २०८२
काठमाडौं
फूटबलर मारियोको गोली हानी हत्या​

इक्वेडरका चर्चित फूटबल खेलाडी मारियो पिनेइडाको गोली प्रहार गरी हत्या गरिएको छ ।

स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार मोटरसाइकलमा आएका दुई व्यक्तिले ३३ वर्षीय डिफेन्डर मारियोमाथि गोली प्रहार गरेका थिए ।

ग्वायाकिल शहरको उत्तरी भागमा रहेको एक पसल बाहिर आमा र अर्की एक महिलासँग हिँडिरहेको बेला फूटबलर मारियोमाथि गोली प्रहार भएको थियो । इक्वेडरका आन्तरिक मामिला मन्त्रालयले घटनाको छानबिन भइरहेको जनाएको छ ।

ग्वायाकिल शहरलाई सुरक्षाको दृष्टिकोणले निकै जोखिमपूर्ण मानिन्छ । यो शहर खासगरी लागुऔषधको तस्करी, हिंसा–हत्याजस्ता कृयाकलापका कारण चर्चित छ । यो शहरमा गत जनवरीदेखि सेप्टेम्बरको बीचमा एक हजार नौ सय जनाको हत्या भइसकेको छ ।

गत सेप्टेम्बरमा मात्र यो शहरमा तीन जना फूटबल खेलाडीको हत्या भएको थियो । अक्टोबरमा पनि एक स्थानीय फूटबल खेलाडीमाथि गोली प्रहार भएको थियो ।

मारियोले इक्वेडरको राष्ट्रिय टोलीबाट पनि खेलिसकेका छन् । उनले सन् २०१४ देखि सन् २९२१ को बीचमा इक्वेडरका लागि नौ खेल खेलेका थिए । उनले आफ्नो व्यावसायिक खेलजीवन भने सन् २०१० मा इन्डिपिडेन्ट डीभीबाट शुरू गरेका थिए ।

सन् २०१६ मा उनी आफ्नो पुरानो क्लब छाडेर बार्सिलोना एससीमा आबद्ध भएका थिए । त्यसपछि उनले फ्लुमिनेस र एल नासियोनलबाट पनि व्यावसायिक फूटबल खेलेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्