१० असार २०८३, बुधबार

बारुद भर्दै गर्दा भरुवा बन्दुक पड्किँदा युएक जनाको मृत्यु

पुस ६, २०८२
काठमाडौं
बारुद भर्दै गर्दा भरुवा बन्दुक पड्किँदा युएक जनाको मृत्यु

बारुद भर्दै गरेका बेला भरुवा बन्दुक पड्किँदा ताप्लेजुङमा एक युवकको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमका अनुसार मैवाखोला गाउँपालिका–३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पाको घाँटीमा गोली लागेर आज बिहान मृत्यु भएको हो । 

स्थानीय तिलोकसिंह लिम्बूको अलैंचीबारीमा बन्दुकसहित शेर्पाको शव फेला परेको  जानकारी वडाध्यक्ष खगेन्द्र थक्लुङले प्रहरीलाई दिएपछि सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्