०५ साउन २०८३, मंगलबार

नेपाललाई 'ग्रे लिस्ट' बाहिर निकाल्न भएको तयारीबारे प्रधानमन्त्रीको चासो

पुस ६, २०८२
काठमाडौं
नेपाललाई 'ग्रे लिस्ट' बाहिर निकाल्न भएको तयारीबारे प्रधानमन्त्रीको चासो
फाइल फोटो

प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूची (ग्रे लिस्ट)बाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे सम्बन्धित निकायसँग जानकारी लिएकी छिन् ।

आज अर्थमन्त्री रामेश्वर खनाल, अर्थ मन्त्रालयकै राजस्व सचिव भुपाल बराल र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलसमेतको उपस्थितिमा प्रधानमन्त्री कार्कीले विभिन्न अनुसन्धान गर्ने निकायहरूबाट ब्रिफिङ लिएकी हुन् ।

ती निकायका प्रमुखहरूले सम्पत्ति शुद्धीकरण कसुरमा समयमै अनुसन्धान तथा अभियोजनको प्रक्रियामा लैजाने, अपराधबाट आर्जित सम्पत्ति रोक्का र जफत गर्ने विषयमा भएको प्रगतिबारे जानकारी गराएका थिए ।

त्यस क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले काठमाडौं उपत्यकाभित्र मात्र १ हजार ६ सय रोपनी जग्गा रोक्का राखेको जानकारी गराएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्