०७ साउन २०८३, बिहीबार

बुधबार पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

पुस ९, २०८२
काठमाडौं
बुधबार पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको छ । आज बुधबार पनि दुवै धातुको मूल्यमा बढोत्तरी भएको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ६८ हजार १०० र त्यति नै चाँदीको मोल चार हजार ४२० रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । दुवै धातुको मूल्य हालसम्मको उच्च हो ।  

गत आइतबार छापावाल सुन प्रतितोला दुई लाख ५८ हजार ३०० मा र चाँदी चार हजार १०५ मा कारोबार भएको थियो । 

सोमबार दुवै धातुको मूल्यमा उल्लेख्य वृद्धि हुँदै प्रतितोला सुन दुई लाख ६१ हजार ७०० सय पुग्यो भने चाँदी चार हजार २३५ मा कारोबार भएको थियो । 

मंगलबार भारी वृद्धिका साथ एक तोला सुनको मूल्य दुई लाख ६७ हजार २०० र चाँदी चार हजार २५५ मा किनबेच भएको थियो ।

अमेरिकी डलरको भाउ बढेसँगै सुनचाँदीको मूल्य पनि बढेको विश्लेषकहरूले बताएका छन् । अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५२५ र त्यति नै परिमाणको चाँदी ७३ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।     
 

salt training

कमेन्ट गर्नुहोस्