२१ असार २०८३, आइतबार

केवाइसी र त्यससँग स्पेसिफिकेसन मिल्ने गाडी आयात तथा बिक्री वितरणमा अन्तरकालीन रोक

पुस ९, २०८२
काठमाडौं
केवाइसी र त्यससँग स्पेसिफिकेसन मिल्ने गाडी आयात तथा बिक्री वितरणमा अन्तरकालीन रोक

काठमाडौं जिल्ला अदालतले केवाइसी वा त्यससँग स्पेसिफिकेसन मिल्ने कुनै पनि इलेक्ट्रिक भ्यान सिजी मोटर्स प्रालिबाहेक अरूले आयात गर्न नपाउने गरी अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ईश्वर पराजुलीको एकल इजलासले मंगलबार सिजीबाहेक अन्य कम्पनीलाई केवाइसीसँग स्पेसिफिकेसन मिल्ने इलेक्ट्रिक भ्यानको आयात, आपूर्ति तथा बिक्री–वितरणमा रोक लगाउन अन्तरकालीन अन्तरिम आदेश जारी गरेको हो ।

अदालतले केवाइसीसँग मोडेल, बनावट, फिचर र प्राविधिक स्पेसिफिकेसन मिल्ने अन्य नामका सवारीसाधन पनि आयात र बिक्रीवितरण नगर्न/नगराउन आदेश दिएको छ ।

देवानी कार्यविधि संहिता, २०७४ को दफा १५६ बमोजिम अन्तरकालीन आदेश जारी गर्दै अदालतले केवाइसी ब्रान्डका गाडी मात्र होइन, नाम परिवर्तन गरेर वा अन्य कम्पनी तथा व्यक्तिको नाममा उही स्पेसिफिकेसनका गाडी भित्र्याउने र बजारमा बिक्री वितरण गर्ने कार्य रोक्न निर्देशन दिएको छ । यसअघि अदालतको आदेशविपरीत ‘नियोसिया’ ब्रान्डमा केवाइसी गाडी आयात तथा बिक्री गरिँदै आएको थियो ।

आदेशमा भनिएको छ, 'चिनियाँ कम्पनीबाट उत्पादित केवाइसी ब्रान्डका गाडीसँग स्पेसिफिकेसन मिल्ने गाडीहरू निवेदक वादीबाहेक अन्य कम्पनी/व्यक्तिको नामबाट आपूर्ति तथा बिक्री वितरण नगर्नू/नगराउनू, करार सम्झौता यथास्थितिमा कायम राख्नु भनी विपक्षीहरूका नाममा देवानी कार्यविधि संहिता, २०७४ को दफा १५६ बमोजिम यो अन्तरकालीन आदेश जारी गरिदिएको छ ।”  

काठमाडौं जिल्ला अदालतको आदेशमा केवाइसी ब्रान्डका सवारीसाधन अन्य कम्पनी वा व्यक्तिको नामबाट उत्पादन, आपूर्ति तथा बिक्री वितरण भइरहेको अवस्थामा करार सम्झौता, बौद्धिक सम्पत्ति अधिकार र उपभोक्ता हितमा गम्भीर क्षति पुग्ने उल्लेख गरिएको छ । अन्तिम फैसला नआएसम्म यस्ता सबै गतिविधि यथास्थितिमा राख्न अदालतले आदेश दिएको हो ।

विवादित गाडीहरू केवाइसी ब्रान्डकै मोडेल, बनावट र फिचर मिल्ने भए पनि नाम परिवर्तन गरी ‘नियोसिया’ तथा ‘नियोसिया स्टार भी ईभी’ नाममा आयात गरिएको आरोप लाग्दै आएको छ।

यस प्रकरणमा ‘इलेक्ट्रिक ड्रीम्स मोबिलिटी प्रालि’ र त्यसकै सञ्चालकहरूले स्थापना गरेको ‘एम्बर मोटर्स प्रालि’ संलग्न थिए । दुवै कम्पनी एउटै समूहका व्यक्ति सञ्चालकमा रहेकाले अदालतको आदेश छलेर गाडी आयात गरिरहेका थिए ।

null

salt training

कमेन्ट गर्नुहोस्