२९ असार २०८३, सोमबार

तान्जानियाको किलिमञ्जारो हिमालमा हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

पुस ११, २०८२
काठमाडौं
तान्जानियाको किलिमञ्जारो हिमालमा हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

तान्जानियाको किलिमञ्जारो हिमालमा हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । तान्जानिया नागरिक उड्डयन प्राधिकरणले उक्त दुर्घटनाको पुष्टि गरेको छ ।

प्राधिकरणका अनुसार बुधबार किलिमञ्जारो हिमालको बाराफु क्याम्प नजिक हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा एक जना स्थानीय गाइड र एक जना चिकित्सक (दुवै तान्जानियाली), हेलिकप्टर चालक जिम्बाब्वेका नागरिक तथा चेक गणतन्त्रका दुई जना पर्यटकको मृत्यु भएको तान्जानिया नेशनल पार्क्सले विज्ञप्तिमार्फत जनाएको छ ।

स्थानीय सञ्चारमाध्यम ‘म्वानान्ची’ र ‘इस्ट अफ्रिका टिभी’ले किलिमञ्जारो क्षेत्रीय प्रहरी प्रमुखलाई उद्धृत गर्दै दुर्घटनाग्रस्त हेलिकप्टर चिकित्सकीय उद्धार (मेडिकल रेस्क्यु) अभियानमा संलग्न रहेको जनाएका छन् ।

म्वानान्चीका अनुसार दुर्घटना समुद्री सतहबाट ४ हजार ६ सय ७० देखि ४ हजार ७ सय मिटर उचाइको बीचमा भएको हो ।

अफ्रिकाको सबैभन्दा अग्लो हिमाल मानिने किलिमञ्जारोको उचाइ करिब ६ हजार मिटर रहेको छ। प्रत्येक वर्ष करिब ५० हजार पर्यटक किलिमञ्जारो आरोहण गर्ने गर्छन् ।

salt training

कमेन्ट गर्नुहोस्