१० असार २०८३, बुधबार

दुई दिनदेखि बेपत्ता व्यक्ति मृत फेला, हत्याको आशङ्का

पुस ११, २०८२
बैतडी
दुई दिनदेखि बेपत्ता व्यक्ति मृत फेला, हत्याको आशङ्का

दुई दिनदेखि बेपत्ता रहेका बैतडीको शिवनाथ गाउँपालिका–२ सनकोट खाल बस्ने ५१ वर्षीय देवानसिंह साउद मृत फेला परेका छन् ।

यही पुस ९ गतेदेखि सम्पर्कविहीन रहेका उनी आज स्थानीय गिठीखोला भिरमा मृत फेला परेका गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले जानकारी दिए ।

बुधबार स्थानीय बजारमा मासु ल्याउन जानुभएका साउद घर नफर्केपछि खोजतलास गर्दै जाँदा आज अपरान्ह मृत फेलापरेका र मुखमा निलडाम र टाउकोमा चोट रहेकाले हत्याको आशङ्का गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सुरज सिंह नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ र अनुसन्धान सुरु भएको जनाइएको छ ।

मृतकका श्रीमती, पाँच छोरा र एक छोरी छन् ।

salt training

कमेन्ट गर्नुहोस्