२८ असार २०८३, आइतबार

काठमाडौंको भृकुटीमण्डपमा 'राष्ट्रिय घर निर्माण फेस्ट'

पुस १४, २०८२
काठमाडौं
काठमाडौंको भृकुटीमण्डपमा 'राष्ट्रिय घर निर्माण फेस्ट'

राष्ट्रिय घर निर्माण फेस्ट- २०८२ शुरू भएको छ । घर निर्माण फाउन्डेसनको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा फेस्टको भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले उद्‌घाटन गरेका हुन् ।

निर्माणसम्बन्धी नेपालको सबैभन्दा ठूलो मेलाका रूपमा हेरिएको फेस्टले निर्माण व्यवसाय क्षेत्रलाई आधुनिक प्रविधिको प्रयोगमार्फत नयाँ उचाइमा पुर्‍याउने उद्देश्य राखिएको छ ।

फेस्टको पहिलो दिन १५ हजारभन्दा बढी दर्शकले मेलाको अवलोकन गरेका आयोजक घर निर्माण फाउन्डेसनले जनाएको छ । ४० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको ​फेस्टमा २ अर्ब बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।

null

मेलामा विश्वकै ठूलो इँटालगायत निर्माण सामग्री प्रदर्शनीमा राखिएको छ |​

मंगलबारसम्म चल्ने फेस्टमा नेपालमा निर्माण तथा व्यावसायिक गतिविधि बढ्दै गए पनि धेरै ब्रान्डहरूले अझै पनि समान रूपमा ग्रान्ड प्रस्तुत गर्न, ग्राहकसँग प्रभावकारी सम्बन्ध स्थापित गर्न तथा आफ्ना उत्पादनलाई व्यवस्थित र आकर्षक रूपमा प्रदर्शन गर्न चुनौती झेलिरहेकाले सो समस्याको सम्बोधन गर्ने आयोजकको विश्वास छ ।

प्रदर्शनीमा हुने विशेषज्ञ मार्गदर्शन, प्रत्यक्ष अन्तरक्रिया तथा ब्रान्डिङ परामर्शमार्फत व्यवसायीले आफ्ना उत्पादन लक्षित ग्राहकसम्म पुर्‍याउन मद्दत गर्ने विश्वास आयोजकको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्