२७ जेठ २०८३, बुधबार

बुटवलमा डिजिटल सचेतना तथा सहकारी भेट कार्यक्रम​​

पुस १४, २०८२
बुटवल
बुटवलमा डिजिटल सचेतना तथा सहकारी भेट कार्यक्रम​​

​इन्फो डेभलपर्स प्रालि, अंकुर इन्फोटेक र जिल्ला सहकारी संघको संयुक्त आयोजनामा बुटवलमा डिजिटल सचेतना तथा सहकारी भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

सहकारीका सञ्चालक तथा व्यवस्थापन तहलाई साइबर सुरक्षा, सहकारी क्षेत्रमा डिजिटलाइजेसनको महत्त्व र सुरक्षित प्रविधि प्रयोगसम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रमको उद्‌घाटन गर्दै प्रमुख अतिथि एवं नेपाल राष्ट्र बैंक सिद्धार्थनगर, रुपन्देहीका निर्देशक रमेश आचार्यले वर्तमान प्रविधिको युगलाई आत्मसाथ नगरी सहकारीहरू अघि बढ्न नसक्ने स्पष्ट पारे ।

काममा छरितोपन, पारदर्शिता र मितव्ययिता कायम गर्न प्रविधिले ठूलो सहयोग पुर्‍याएको उल्लेख गर्दै उनले साइबर सुरक्षामा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा बोल्दै इन्फोडेभलपर्स प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रजय नेपालले सहकारी क्षेत्रको डिजिटल रूपान्तरण आजको अपरिहार्य आवश्यकता भएको बताए ।

अन्तर्राष्ट्रिय सहकारी आन्दोलनको लक्ष्यअनुसार पनि सहकारी गतिविधिहरूलाई पूर्ण डिजिटल प्रणालीतर्फ अघि बढाउनु अत्यन्त जरुरी रहेको उनको भनाइ थियो । उनले केवल प्रविधि प्रयोग गर्नु मात्रै पर्याप्त नहुने भन्दै डाटा सुरक्षा, डिजिटल सचेतना र जिम्मेवार प्रयोग विना दिगो डिजिटल रूपान्तरण सम्भव नहुने स्पष्ट पारे ।

null

२४ वर्षदेखि डिजिटल क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएको इन्फोडेभलपर्स प्रालिले नेपालसहित म्यानमार र भुटानमा समेत सेवा प्रदान गर्दै आएको जानकारी दिइयो । नेपालमा मात्रै यस कम्पनीले नेपाल सरकारका ४५ भन्दा बढी एजेन्सी, ५० भन्दा बढी बैंक तथा १ हजार  २ सयभन्दा बढी सहकारीहरूलाई सेवा प्रदान गर्दै आएको बताइएको छ ।

कार्यक्रममा विकू सहकारीका सीईओ माधव पौडेल, जनउत्थान सहकारीका सीईओ रनबहादुर थापा, साइबर सुरक्षा विज्ञ वासुदेव राउत तथा नेपाल बैंक लिमिटेडका म्यानेजर सन्तोष शर्माले आ-आफ्ना धारणा राखेका थिए ।

सो अवसरमा लामो समयदेखि कम्पनीको सफ्टवेयर तथा सेवा प्रयोग गर्दै आएका २१ वटा सहकारी संस्थालाई अंकुर इन्फोटेक प्रालिका प्रबन्ध निर्देशक रमेश पाण्डे, निर्देशकहरू माधव पराजुली र सञ्जीव मानन्धरले सम्मान गरेका थिए ।

कार्यक्रमको सञ्चालन डा. आविष्कार पराजुलीले गरेका थिए भने जिल्ला सहकारी संघ, रुपन्देहीका महासचिव दामोदर पंगेनीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । साथै, इन्फोडेभलपर्सका निर्देशक अरबिन्द प्रधानले धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा विभिन्न सहकारीका सञ्चालक समिति सदस्य, प्रबन्धक तथा कर्मचारी गरी ४ सयभन्दा बढी सहभागीहरूको उपस्थिति रहेको थियो ।

null

salt training

कमेन्ट गर्नुहोस्