२२ असार २०८३, सोमबार

उत्तराखण्डमा यात्रुबाहक बस खोलामा खस्यो, ६ जनाको मृत्यु

पुस १५, २०८२
काठमाडौं
उत्तराखण्डमा यात्रुबाहक बस खोलामा खस्यो, ६ जनाको मृत्यु

भारतको उत्तराखण्डस्थित अल्मोडा जिल्लाको साल्ट-भिकियासैन क्षेत्रमा मंगलबार बिहान बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । 

यात्रु बोकेको बस भिकियासैन-विनायक-भेल्टी मोटर सडकमा नियन्त्रण गुमाएर गहिरो खोलामा खसेको थियो । बस १५० मिटर गहिरो खोलामा खसेको थियो । 

बीबीसी हिन्दीका अनुसार बस पहाडी क्षेत्र हुँदै रामनगरतर्फ गइरहेको थियो । समाचारअनुसार खेलपानी भन्ने ठाउँ नजिकै दुर्घटना भएको हो । बसमा १९ जना सावार थिए । दुर्घ६नामा १२ जना घाइते भएका छन् । 

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ, जसलाई हेलिकप्टरमार्फत् एम्स ऋषिकेश पठाइँदैछ।

salt training

कमेन्ट गर्नुहोस्