२९ जेठ २०८३, शुक्रबार

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

पुस १८, २०८२
काठमाडौं
बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएकोमा शुक्रवार दुवै धातुको मूल्य केही बढेको छ ।

आज छापावाल सुन प्रतितोला दुई लाख ६२ हजार ५०० र त्यति नै चाँदीको मूल्य चार हजार ५२५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० र त्यति नै चाँदीको मूल्य चार हजार ४१५ कायम भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ३७२ र त्यति नै चाँदी ७३ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्