२७ जेठ २०८३, बुधबार
कांग्रेसको १५औं महाधिवेशन

आगामी वैशाखको २८-३१ मा महाधिवेशन गर्ने कार्यतालिका कांग्रेस कार्यसम्पादन समितिबाट पारित

पुस १८, २०८२
काठमाडौं
आगामी वैशाखको २८-३१ मा महाधिवेशन गर्ने कार्यतालिका कांग्रेस कार्यसम्पादन समितिबाट पारित

नेपाली कांग्रेसको १५ औं महाधिवेशन आगामी वैशाखमा गर्ने नयाँ कार्यतालिका केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट पारित भएको छ ।

शुक्रबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आगामी २०८३ वैशाखको २८ देखि ३१ गतेसम्म १५ औं महाधिवेशन गर्न प्रस्ताव गरेका थिए ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले उक्त कार्यतालिका पारित गरेको पार्टीका पूर्व महामन्त्री डा. शशांक कोइरालाले जानकारी दिए ।

पूर्व उपसभापति विमलेन्द्र निधिले पनि नयाँ कार्यतालिका पारित भएको बताए ।

यद्यपि, सो निर्णयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले फरक मत राखेका छन् । उनीहरू दुवै यही पुस २७ र २८ गते विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा छन् ।

महामन्त्रीद्वयले विशेष महाधिवेशन गर्न भन्दै भृकुटीमण्डपमा हल समेत बूक गरिसकेका छन् ।

महामन्त्रीद्वयले हल बूकिङ गरेपछिको परिस्थितिबारे छलफल गर्न कांग्रेस बैठक बसेको हो ।

कार्यसम्पादन समितिको बैठकअघि कार्यवाहक सभापति खड्काले सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए ।

सभापतिसँगको छलफलका आधारमा कार्यवाहक सभापतिले पेश गरेको कार्यतालिका बैठकले पारित गरेको हो ।

हेर्नुहोस्, कार्यतालिका :

null

salt training

कमेन्ट गर्नुहोस्