०७ असार २०८३, आइतबार

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

पुस १९, २०८२
काठमाडौं
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरी पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका १० बस्ने झापा घर भएका ४६ वर्षीय नवीन रिजाललाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौं जिल्ला अदालतबाट उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका १० बाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि प्रहरी वृत्त सिंहदरबार पठाइएको छ ।

कमेन्ट गर्नुहोस्