१३ असार २०८३, शनिबार

सहसचिव प्रदीप परियारले विशेष अदालतबाट पाए सफाइ

पुस २२, २०८२
काठमाडौं
सहसचिव प्रदीप परियारले विशेष अदालतबाट पाए सफाइ

सहसचिव प्रदीप परियारले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएका छन् । 

काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा लागेको भ्रष्टाचार मुद्दामा विशेष अदालतले मंगलबार उनलाई सफाइ दिएको हो ।

विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले परियारसहित यो मुद्दामा जोडिएका सातै जनालाई सफाइ दिने फैसला गरेको हो ।

उनीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २८ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । 

सामाखुसी कोरिडोरअन्तर्गत बसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माण कार्यको ठेक्कामा अनियमितता भएको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो । 

nullnullnull

कमेन्ट गर्नुहोस्