०७ साउन २०८३, बिहीबार

टी-२० विश्वकप : शेर मल्ल र बसिर अहमद पहिलोपटक राष्ट्रिय टोलीमा, कुशल र आदिल अटेनन्

पुस २३, २०८२
काठमाडौं
टी-२० विश्वकप : शेर मल्ल र बसिर अहमद पहिलोपटक राष्ट्रिय टोलीमा, कुशल र आदिल अटेनन्

आगामी आईसीसी टी-२० विश्वकप २०२६ का लागि नेपालको १५ सदस्यीय टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा गरेको हो । टी २० विश्वकप भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ । 

एनपीएल २०२५ मा शानदार प्रदर्शन गर्दै उदीयमान खेलाडी घोषित शेर मल्ल पहिलोपटक नेपालको सिनियर टोलीमा समावेश भएका छन् ।

यस्तै, बसिर अहमद पनि नेपालको विश्वकप टोलीमा परेका छन् । 

कुशल मल्ल र मोहम्मद आदिल आलम भने विश्वकप खेल्ने टोलीमा परेनन् ।

नेपालको टोली :

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, गुल्शन झा, सन्दीप लामिछाने, नन्दन यादव, शेर मल्ल, ललित राजवंशी, करण केसी, सोमपाल कामी, बसिर अहमद, लोकेश बम, सन्दीप जोरा

कमेन्ट गर्नुहोस्