०८ असार २०८३, सोमबार

छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमारविरुद्ध भ्रष्टाचार मुद्दा

पुस २३, २०८२
काठमाडौं
छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमारविरुद्ध भ्रष्टाचार मुद्दा

पर्साको छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार उनीविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

आयोगले उनीसँगै गाउँपालिकाका  तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र प्रसाद साह र तत्कालीन लेखापाल सञ्जय पटेलविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

यसैगरी, विज्ञापन एजेन्सी केएस मल्टिपर्पोज प्रालि वीरगञ्ज, पर्सा तथा उक्त कम्पनीका सञ्चालक कमल कुमार उपाध्यायविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

गाउँपालिकाका कर्मचारी र निर्माण व्यवसायीको मिलेमतोमा बोलपत्र आह्वान सम्बन्धी सूचना सौर्य दैनिक पत्रिकामा  प्रकाशन गरेको भनिए पनि सूचना प्रकाशन नगरी मिलेमतो गरेको आयोगले जनाएको छ ।

हेर्नुहोस् आरोपपत्र :


 

salt training

कमेन्ट गर्नुहोस्