०७ साउन २०८३, बिहीबार

क्रिकेटर पूजा महतो वर्षको सर्वोत्कृष्ट युवा खेलाडी

पुस २३, २०८२
काठमाडौं
क्रिकेटर पूजा महतो वर्षको सर्वोत्कृष्ट युवा खेलाडी

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)द्वारा प्रदान गरिने एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको २२ औं संस्करणमा वर्षको सर्वोत्कृष्ट युवा खेलाडीको अवार्ड क्रिकेट पूजा महतोले जितेकी छन् ।

राष्ट्रिय महिला टोलीकी उप–कप्तान पूजाले एथलेटिक्सका अजय विक, कराँतेकी अञ्जली महर्जन, बक्सिङकी स्वस्तिका तिरुवा र फुटबलका समीर तामाङलाई पछि पार्दै अवार्ड हात पारेकी हुन् ।

पूजाले कप्तानको भूमिकामा नेपाली यू–१९ महिला टोलीलाई इतिहासमै पहिलो पटक महिला विश्वकपमा छनोट गराएकी थिइन् । उनी छनोट खेलमा कूल दुई सय ७२ रन प्रहार गर्दै सर्वाधिक रनकर्ता बनेकी थिइन् ।

पूजाले उक्त प्रतियोगितामा १० विकेट पनि लिएकी थिइन् । उनले कुवेतविरुद्ध अविजित एक सय ३० रनको शतकीय पाली खेलेकी थिइन् । 

उनी एसीसी महिला यू–१९ एसिया कप–२०२४ मा पाकिस्तानलाई ६ विकेटले हराउँदै इतिहास रच्ने टोलीकी कप्तान पनि हुन् ।

salt training

कमेन्ट गर्नुहोस्