२९ असार २०८३, सोमबार

गीतकार ढकालको ‘हिमाली सुस्केरा’ गीति एल्बम लोकार्पण

पुस २६, २०८२
काठमाडौं
गीतकार ढकालको ‘हिमाली सुस्केरा’ गीति एल्बम लोकार्पण

गीतकार तुलसीप्रसाद ढकालको गीति एल्बम ‘हिमाली सुस्केरा’ आज लोकार्पण गरिएको छ ।

पेसाले शिक्षक ढकालको शब्द रहेको राष्ट्रप्रेम र मातृभूमिप्रतिको माया झल्किने उक्त एल्बम उनको पहिलो औपचारिक गीति कृति हो ।

भोजपुरको चरम्बीमा जन्मिएका ढकालले शिक्षण पेसाबाट करिअर शुरू गरी करिब ३५ वर्ष निजामती सेवामार्फत राष्ट्रसेवा गरेका थिए ।

एल्बममार्फत उनले आफ्ना सिर्जनात्मक सपनाको औपचारिक शुरूआत गरेका हुन् । एल्बमकी प्रस्तुतकर्ता ढकालकी श्रीमती हीरादेवी ढकाल रहेकी छिन् ।

कार्यक्रममा उनले गीतकार ढकालको साहित्यिक तथा सङ्गीत यात्राको सफलताको कामना गरिन् । एल्बमको सम्पूर्ण संगीत शक्ति बल्लभले दिएका छन् ।

एल्बममा गायक आनन्द कार्की, रामकृष्ण ढकाल, शिशिर योगी, सुमित खड्का र रचना रिमालको स्वरमा पाँच वटा गीत समावेश छन् ।

लोकार्पण कार्यक्रममा कवि तथा गीतकार सङ्घ नेपालका निवर्तमान अध्यक्ष चूडामणि देवकोटा, कवि तथा गीतकार एवं नेपाल सरकारका पूर्वमुख्य सचिव डा. विमल कोइराला, पूर्वमन्त्री टङ्क ढकाललगायतको उपस्थिति थियो ।

पूर्वमन्त्री टङ्क ढकालले नेपाली साहित्य र प्रतिभाको विकास आवश्यक रहेको उल्लेख गर्दै ‘हिमाली सुस्केरा’ले साहित्यिक इतिहासमा अर्को इँटा थपेको बताए ।

सरल शब्द र लोक लवज प्रयोग गरिएको लेखाइले देश, प्रकृति र बिकास प्रेम झल्किने सङ्गीतकार बल्लभले बताए ।

salt training

कमेन्ट गर्नुहोस्