![साँझ अबेरसम्म पनि भृकुटीमण्डपमा कांग्रेस कार्यकर्ताको भिड [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/Congress_Bishesh_Drone_View_Night_7_N8mRwGGZvd.jpg)
नेपाली कांग्रेसको विशेष महाधिवेशन आइतबार शुरू भएको छ । आइतबार उद्घाटनसत्र भएको महाधिवेशनको बन्दसत्र भोलि सोमबार बिहान ८ बजे शुरू हुनेछ ।
उद्घाटनसत्रका लागि काठमाडौंको भृकुटीमण्डपस्थित खुला चौरमा मञ्च बनाइएको थियो भने बन्दसत्र भृकुटीमण्डपमै रहेको हलमा हुनेछ ।
उद्घाटनसत्रलाई पूर्वउपसभापति गोपालमान श्रेष्ठदेखि संस्थापनकी केन्द्रीय सदस्य पुष्पा भुसालसम्मले सम्बोधन गरे ।
साँझ अबेर महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले सभालाई सम्बोधन गरे । उनीहरूले सम्बोधन गर्ने बेलासम्म पनि महाधिवेशन प्रतिनिधि र नेता कार्यकर्ता कार्यक्रमस्थलमै थिए ।
उनीहरूको धैर्यतालाई महामन्त्रीद्वय शर्मा र थापाले प्रशंसा समेत गरे । हेर्नुहोस् तस्वीरहरू :















