३० जेठ २०८३, शनिबार

सोमबारको विनिमयदर- अमेरिकी डलर एकको खरिददर १४३ रूपैयाँ ९७ पैसा

पुस २८, २०८२
काठमाडौं
सोमबारको विनिमयदर- अमेरिकी डलर एकको खरिददर १४३ रूपैयाँ ९७ पैसा

नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रूपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रूपैयाँ ५७ पैसा तोकिएको छ । 

यसैगरी युरोपियन युरो एकको खरिददर १६७ रूपैयाँ ५५ पैसा र बिक्रीदर १६८ रूपैयाँ २५ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९२ रूपैयाँ ९६ पैसा र बिक्रीदर १९३ रूपैयाँ ७७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७९ रूपैयाँ ६६ पैसा र बिक्रीदर १८० रूपैयाँ ४१ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९६ रूपैयाँ २७ पैसा र बिक्रीदर ९६ रूपैयाँ ६७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रूपैयाँ ४८ पैसा र बिक्रीदर १०३ रूपैयाँ ९१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रूपैयाँ ८२ पैसा र बिक्रीदर ११२ रूपैयाँ २९ पैसा तोकिएको छ । 

जापानी येन १० को खरिददर नौ रूपैयाँ १२ पैसा र बिक्रीदर नौ रूपैयाँ १६ पैसा, चिनियाँ युआन एकको खरिददर २० रूपैयाँ ६३ पैसा र बिक्रीदर २० रूपैयाँ ७२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रूपैयाँ ३९ पैसा र बिक्रीदर ३८ रूपैयाँ ५५ पैसा, कतारी रियाल एकको खरिददर ३९ रूपैयाँ ३९ पैसा र बिक्रीदर ३९ रूपैयाँ ५५ पैसा कायम भएको छ । 

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रूपैयाँ ५९ पैसा र बिक्रीदर चार रूपैयाँ ६१ पैसा, युएई दिराम एकको खरिददर ३९ रूपैयाँ २० पैसा र बिक्रीदर ३९ रूपैयाँ ३६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रूपैयाँ ३४ पैसा र बिक्रीदर ३५ रूपैयाँ ४९ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रूपैयाँ ८८ पैसा र बिक्रीदर ९ रूपैयाँ ९२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रूपैयाँ ६४ पैसा र बिक्रीदर १५ रूपैयाँ ७० पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रूपैयाँ ४२ पैसा र बिक्रीदर २२ रूपैयाँ ५१ पैसा तोकिएको छ । 

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रूपैयाँ ४७ पैसा र बिक्रीदर १८ रूपैयाँ ५५ पैसा, कुवेती दिनार एकको खरिददर ४७० रूपैयाँ ८० पैसा र बिक्रीदर ४७२ रूपैयाँ ७६ पैसा , बहराइन दिनार एकको खरिददर ३८१ रूपैयाँ ९१ पैसा र बिक्रीदर ३८३ रूपैयाँ ५० पैसा , ओमनी रियाल एकको खरिददर ३७३ रूपैयाँ ९३ पैसा र बिक्रीदर ३७५ रूपैयाँ ४९ पैसा रहेको छ । यस्तै,भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्