०७ असार २०८३, आइतबार

२ करोड २४ लाखको भेप बरामद

पुस २९, २०८२
मुस्ताङ
२ करोड २४ लाखको भेप बरामद

कोरला नाकाबाट दुई करोड २४ लाख मूल्य बराबरका विद्युतीय चुरोट (भेप) बरामद भएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र मुस्ताङ भन्सार कार्यालयले सोमबार साँझ ना ६ ख ७५९१ नम्बरको कन्टेनरबाट १६ हजार थान भेप बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार कन्टेनर र त्यसका चालक सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका—५ का पेमा लामालाई नियन्त्रणमा लिइएको छ ।

यसअघि गत वर्ष पनि ६ करोड ८१ लाख बराबरका भेप बरामद भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्