०७ साउन २०८३, बिहीबार
कांग्रेस महाधिवेशन

कांग्रेस विशेष महाधिवेशन : समय सकिँदा पनि मुख्य पदमा परेन उम्मेदवारी

पुस २९, २०८२
काठमाडौं
कांग्रेस विशेष महाधिवेशन : समय सकिँदा पनि मुख्य पदमा परेन उम्मेदवारी

नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि तय गरिएको मनोनयन दर्ताको समय सीमा सकिँदा पनि मुख्य पदहरूमा कसैको उम्मेदवारी परेन । निर्वाचन समितिले उम्मेदवारी दर्ताका लागि साँझ ७:३० बजेसम्मको अन्तिम समय तोकेको भए तापनि रातको ८ बजिसक्दासम्म सभापति, उपसभापति र महामन्त्री जस्ता महत्वपूर्ण पदमा एउटा पनि मनोनयन दर्ता नभएको हो । 

भृकुटीमण्डपमा जारी महाधिवेशनमा नयाँ नेतृत्वका लागि उत्साह देखिए पनि उम्मेदवारी दर्ताको निर्धारित समय घर्किसक्दा समेत प्रमुख दाबेदारहरूले फारम नबुझाएपछि अब के हुने भन्ने अन्योलता महाधिवेशन प्रतिनिधिमा देखिएको छ । निर्वाचन समितिले अहिलेसम्म समय थप गर्नेबारे कुनै आधिकारिक वा औपचारिक जानकारी गराएको छैन । यसअघि समितिका संयोजक सीताराम केसीले बेलुकी उम्मेदवारी दर्ताको समय थप नगर्ने स्पष्ट पारेका थिए । 

कमेन्ट गर्नुहोस्