०६ असार २०८३, शनिबार

खैरो हेरोइनसहित १ जना पक्राउ

माघ २, २०८२
काठमाडौं
खैरो हेरोइनसहित १ जना पक्राउ

प्रहरीले लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं संखुवासभा मकालु गाउँपालिका–२ घर भएका ३२ वर्षीय सुवास चौलागाईं रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।

उनले भने, 'टोखा नगरपालिका–७ बाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब तीन ग्राम २०० मिलिग्रामसहित चौलागाईंलाई पक्राउ गरिएको हो ।'

प्रहरी प्रभाग तिलिङ्गेटारबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता काफ्लेले बताए ।

salt training

कमेन्ट गर्नुहोस्