११ असार २०८३, बिहीबार

निर्वाचन आयोगमा बढाइयो सुरक्षा व्यवस्था

माघ २, २०८२
काठमाडौं
निर्वाचन आयोगमा बढाइयो सुरक्षा व्यवस्था

नेपाली कांग्रेसको दुई खेमाले आधिकारिकता खोज्न निर्वाचन आयोगमा पुगेपछि अहिले आयोग परिसरमा सुरक्षा तैनाथी बढाइएको छ ।

संस्थापन पक्ष र हालै विशेष महाधिवेशनले सभापतिमा निर्वाचित गरेका गगन थापा पक्ष आयोगमा आधिकारिकताका लागि पुगेका थिए । दुवै पक्षका केन्द्रीय समिति नै आयोग पुगेका थिए ।

आयोगले आजै निर्णय दिनुनपर्ने अडानमा दुवै पक्ष छन् ।

दुई पक्षबीच मुठभेडको अवस्था नआओस् भन्ने हेतुले सुरक्षा तैनाथी बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

आयोग परिसर भित्रै सशस्त्र प्रहरीको गण पनि छ ।

देउवा पक्षले आयोगले अनपेक्षित निर्णय गरेमा देशभर आन्दोलनमा जाने चेतावनी दिएको छ ।

थापा पक्षले भने आफुहरूले पार्टीको विधानअनुसार नै विशेष महाधिवेशन गरेर पदाधिकारी चयन गरेकाले आफूहरू नै आधिकारिक रहेको दाबी गर्दै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्