
विश्वभर विद्युतीय सवारी साधनको बढ्दो प्रयोगसँगै विभिन्न कारणले ब्याट्रीमा समस्या आउने गर्दछ । यस्ता समस्या उपभोक्ताका लागि सधैँ चिन्ताको विषय बन्ने गर्दछ ।
विद्युतीय सवारी साधनको ब्याट्रीमा समस्या आउँदा नयाँ नै फेर्नुपर्ने र समय धेरै लाग्ने समस्याबाट उपभोक्ता गुज्रिरहेका हुन्छन् । यस्ता समस्याको समाधानमा टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ सक्रिय देखिएको छ ।
सिप्रदीले नेपालकै पहिलो ब्याट्री रिपेयर एन्ड मेन्टेनेन्स सेवा शुरू गरेको ३ वर्ष भएको छ । सिप्रदीले सन् २०२२ देखि जस्तोसुकै अवस्थाको हाइभोल्टेज ब्याट्रीको रिपेयर तथा मेन्टिनेन्स शुरू गरेको हो ।
जहाँ अत्याधुनिक प्रविधिमार्फत् आफ्ना ग्राहकलाई कम्पनीले विभिन्न कारणले ब्याट्रीमा आउने समस्याबाट मुक्त गर्दै आइरहेको छ ।
सिप्रदीको ब्याट्री डायोग्नोस्टिक तथा पुन: स्थापना ‘बीडीआरएफ’ अर्थात् ब्याट्रीको रिपेयर तथा मेन्टेनेन्स सेवामार्फत् ग्राहक ढुक्कका साथ ईभी चलाइरहेका छन् । जसले ब्याट्रीको मर्मतमा टाटा मोटर्सको अत्याधुनिक सेवा सफल बन्दै गइरहेको देखाउँछ ।
ब्याट्रीको जस्तोसुकै समस्याको समाधान कसरी हुन्छ ?
टाटाका उपभोक्ताका लागि सिप्रदीको ललितपुरको बागडोलमा अत्याधुनिक सर्भिस सेन्टर छ । उक्त सर्भिस सेन्टरमा सन् २०२२ मा सिप्रदीले ईभी गाडीको ब्याट्री मर्मतका लागि डायोग्नोस्टिक एन्ड रिस्टोरेसन सुविधा शुरू गरेको छ ।

यहाँ जस्तोसुकै समस्यामा आएको ब्याट्रीको मर्मत गरिने कम्पनीले जनाएको छ । विभिन्न कारणले ब्याट्रीमा आउने समस्याको पहिचानदेखि समाधानसम्म गर्नका लागि ८ जनाको प्राविधिक टीम रहेको छ । यस टीमले विभिन्न कारणले समस्या आएका ब्याट्रीको अत्याधुनिक प्रविधिमार्फत् पहिले समस्या पत्ता लगाई मर्मत तथा रिपेयर गर्दै समाधान गर्ने गर्दछ ।
कम्पनीका अनुसार जस्तोसुकै कारणले ब्याट्रीमा आएको समस्याको पहिचान गरेर समाधान गर्न सकिन्छ । दिन प्रतिदिन कम्पनीको टीम ब्याट्रीमा देखिएका समस्याको समाधानमा लागिरहेका छन् ।
सामान्यतया ईभी गाडीमा प्रयोग गरिने ब्याट्रीको आयु १५ देखि २० वर्षसम्मको मानिन्छ । यस्ता ईभीका ब्याट्रीमा प्रमुख तीन कारणले समस्या आउने गर्दछ ।
पहिलो कारणले भनेको ह्यान्डलिङ हो अर्थात् कसरी चलाउने र चार्जिङ कसरी गर्नेमा निर्भर रहन्छ ।
अर्को भनेको ब्याट्रीमा भौतिक कारणले समस्या आउँछ । जस्तै; दुर्घटना र अन्य भौतिक रूपमा ब्याट्रीमा टुटफुट हुनु हो । जुन सामान्यतया अधिकांश ब्याट्रीमा दुर्घटनाबाट समस्या आउने गरेको देखिन्छ ।

तेस्रो कारण ब्याट्रीमा सफ्टवेयर तथा हार्डवेयरमा भएको गडबडी आउँदा पनि ब्याट्रीमा समस्या आउँछ । यस्तो समस्या भित्री प्राविधिक कारणले आउने गर्दछ । यसरी तीन प्रमुख कारणले ब्याट्रीमा समस्या आउने गर्दछ ।
यी जस्तोसुकै कारणले ब्याट्रीमा आउने समस्याको समाधानका लागि सिप्रदीको टीम सधैँ तयार रहेको जनाएको छ । सिप्रदीले दिइरहेको ब्याट्रीको समस्या समाधानले उपभोक्तालाई सन्तुष्ट पार्नुका साथै ढुक्क बनाएको कम्पनीको दाबी छ ।
अहिले बागडोलमा रहेको सर्भिस सेन्टरसहितको सेवालाई देशभरका ठूला शहरमा फैलाउने लक्ष्य कम्पनीको छ । उपभोक्ताको सहज र सजिलो पहुँचका लागि ब्याट्री मर्मतको सेवा प्रादेशिक स्तरमा विस्तार गर्ने कम्पनीले जनाएको छ ।