
नेपालको पुरस्कार प्राप्त गोरमेट पपकर्न ब्रान्ड 'वाउ पपकर्न'ले आफ्नो ८औं वार्षिकोत्सवको अवसरमा भारतीय बजारमा आधिकारिक रूपमा प्रवेशको घोषणा गरेको छ ।
सन् २०१७ मा स्थापना भएको 'वाउ पपकर्न' सानो घरेलु प्रयासबाट शुरू भएर आज नेपालकै चर्चित प्रिमियम स्न्याक ब्रान्डको रूपमा स्थापित भइसकेको छ ।
आठ वर्षको सफल यात्रापछि कम्पनीले अब अन्तर्राष्ट्रिय बजारतर्फ पहिलो ठोस कदम चाल्दै भारतका उपभोक्तासम्म आफ्ना नवीन र उच्च गुणस्तरका उत्पादन पुर्याउने तयारी गरेको छ।
'वाउ पपकर्न'का संस्थापक तथा प्रबन्ध निर्देशक शुभाकर मानन्धर भन्छन् '८ वर्ष पूरा गर्नु हाम्रो लागि गर्वको विषय हो र भारतीय बजारमा प्रवेश गर्नु यसलाई अझ अर्थपूर्ण बनाउँछ । भारत स्वादप्रतिको रुचि र विविधताका लागि परिचित बजार हो र त्यहाँ हाम्रो उत्पादन लान पाउँदा हामी उत्साहित छौं ।'
नेपालमा 'वाउ पपकर्न'ले परम्परागत पपकर्नको सीमाभन्दा बाहिर गएर पाँचभन्दा बढी गोरमेट फ्लेभरहरू प्रस्तुत गर्दै Cheddar Cheese , Butter Scotch, Caramel, Cheddar Cheese & Caramel र Peri Peri जस्ता लोकप्रिय स्वादहरूसहित उपभोक्ताको विश्वास जित्दै आएको छ।
वाउ पपकर्न नेपालकै अग्रणी गोरमेट पपकर्न ब्रान्ड हो ।