
एसवाई इन्टरटेन्टमेन्ट प्रालिको आयोजनामा भएको फेस अफ एसवाई २०८२ (ब्रान्ड एम्बेसडर हन्ट) मा मलैसा आचार्य छनोट भएकी छिन् ।
एसवाई बजार नेपालका निर्देशक विमलराज गोसाईका अनुसार कुल दुई करोडभन्दा बढी रकम पुरस्कारको व्यवस्था भएको यो नेपालकै पहिलो ठूलो ब्रान्ड एम्बेसडर हन्ट हो ।
देशभरका गाउँघरमा लुकेर बसेको प्रतिभालाई पहिचान गरी भुइँमान्छेलाई ब्राण्ड एम्बेसडर बनाउन खोजिएको उनले बताए ।
कार्यक्रमबाट प्रतिस्पर्धामार्फत कम्पनीका लागि मुख्य तीन जना ब्राण्ड एम्बेसडरहरू छनोट गरिएको छ ।
यस योजनाअनुसार महिला–पुरुष दुवैले प्रतिस्पर्धामा सहभागी भई छनोट हुने अवसर पाएका थिए ।
पहिलो चरण जुन १ बाट सेप्टेम्बरको ३० तारिखसम्म चलेको थियो । पहिलो चरणमा भाग लिन एसवाई थिममा एउटा भिडियो बनाउनुपर्ने थियो । पहिलो चरणबाट उत्कृष्ट पाँच सय जनालाई छनोट गरिएको थियो ।
छनोट भएका पाँच सय जनालाई नै दुई हजार बराबरको एसवाई बजारको शपिङ भाउचर प्रदान गरिएको थियो ।
पहिलो चरणबाट छनोटमा पर्न सफल उत्कृष्ट एक सय ५० जनालाई दोस्रो चरणमा लगिएको थियो ।
त्यसमध्येबाट उत्कृष्ट ५० जनालाई १० हजार बराबरको एसवाई बजारको शपिङ भाउचर प्रदान गरिएको हो ।
दोस्रो चरणबाट छनोट भएका उत्कृष्ट २५ जनालाई फाइनलमा लगिएको थियो । अन्तिम उत्कृष्ट छनोट भएका २५ जनालाई तालिमसमेत दिइएको थियो । साथै परीक्षण पनि विभिन्न चरणमा भएका थिए ।
फाइनल स्टेजमा उत्रने २५ जनामध्येबाट टाइटल फेस अफ एसवाई छनोट हुने व्यवस्था अनुसार कार्यक्रम भएको थियो ।
त्यसपछि फर्स्ट रनरअप, सेकेण्ड रनरअप छनोट भएका हुन् । यस अनुसार फर्स्ट रनरअपमा सारा लामा र सेकेन्ड रनरअपमा अपि योञ्जन छनोट हुन सफल भए । कार्यक्रमबाट टाइटल विनरलाई नगद ५ लाख पुरस्कारका साथै एक करोड बराबरको एक वर्षको कन्ट्र्याक्ट गरिएको छ ।
प्रतियोगिताबाट उत्कृष्ट फर्स्ट रनरअपलाई चार लाख नगद पुरस्कार दिइएको छ । उनीसँग ५० लाख बराबरको कन्ट्र्याक्ट गरिने छ ।
सेकेन्ड रनरअपलाई तीन लाख नगद पुरस्कारका साथै उनीसँग ३० लाख बराबरको कन्ट्र्याक्ट हुनेछ । त्यसपछि बाँकी उत्कृष्ट सात जनालाई पपुलारिटी अवार्डमा दिइएको थियो । उनीहरूलाई प्रति व्यक्ति डेढ–डेढ लाख (एक लाख ५० हजार) रकम दिइने छ । यस हिसाबले यो प्रतियोगितामा पुरस्कारको कुल खर्च मात्रै दुई करोडभन्दा बढी गएको छ ।