२० असार २०८३, शनिबार

नगद पुरस्कार पाउने पहिलो एमेच्योर गल्फर बने राहुल विश्वकर्मा

माघ ५, २०८२
काठमाडौं
नगद पुरस्कार पाउने पहिलो एमेच्योर गल्फर बने राहुल विश्वकर्मा

डीएन्डडी एमेच्योर गल्फ च्याम्पियनसिपको उपाधि राहुल विश्वकर्माले जितेका छन् । राहुलले सोमबार दोस्रो तथा अन्तिम चरणमा चार अन्डर ६६ को उत्कृष्ट कार्डका साथ समग्रमा दुई अन्डर एक सय ३८ स्कोर गरे ।

उनले प्रकृत तामाङ र सुन्दर राईलाई नौ स्ट्रोकको फराकिलो अन्तरले पछि पारे । राहुलले नगद ५० हजार रुपैयाँ पुरस्कार पनि प्राप्त गरे । नेपाली एमेच्योर गल्फरले कुनै पनि प्रतियोगितामा नगद पुरस्कार प्राप्त गरेको पहिलो पटक हो ।

प्रकृत र सुन्दर राईले समग्रमा सात ओभर एक सय ४७ को प्रदर्शन गरे । काउन्ट ब्याकमा प्रकृत दोस्रो भए । प्रकृतले सोमबार तीन अन्डर ६७ को स्कोर बनाए । उनले ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

तेस्रो भएका सुन्दरले अन्तिम दिन चार ओभर ७४ को प्रदर्शन गरे । उनले २४ हजार रुपैयाँ नगद पुरस्कार पाए । राम तामाङले कूल आठ ओभर एक सय ४८ को प्रदर्शनसहित चौथो स्थान हासिल गरे । उनले २० हजार रुपैयाँ पुरस्कार पाए ।

राजेश राईले कुल एक सय ४९ स्कोरसहित पाँचौं भएर १६ हजार रुपैयाँ पुरस्कार हात पारे । सुमन भुजेल, गजेन्द्र लिम्बू र पदम हाङ लिम्बूले समान एक सय ५१ स्कोर गरे । काउन्ट ब्याकमा सुमन छैटौं, गजेन्द्र सातौं र पदम आठौं भए । उनीहरूले क्रमशः १४ हजार, १३ हजार र १२ हजार रुपैयाँ पुरस्कार पाए ।

दीपेन्द्र राई र देउकुमार राईले समान एक सय ५२ स्कोर गरे । काउन्ट ब्याकमा दीपेन्द्र नवौं र देउकुमार १०औं भए । दीपेन्द्रले ११ हजार र देउकुमारले १० हजार पुरस्कार प्राप्त गरे । विजयी खेलाडीलाई देउकुमार राई र दीपेन्द्र राईले पुरस्कार वितरण गरे ।

सह–प्रायोजक देउकुमार राईले कम्तीमा पाँच वर्षसम्म प्रतियोगितालाई निरन्तरता दिने बताए । उनले आगामी संस्करणमा पुरस्कार राशी बढाइने र विजेताले कम्तीमा ८० हजार रुपैयाँ प्रदान गर्ने जानकारी दिए ।

अर्का सह–प्रायोजक दीपेन्द्र राईले नेपाल गल्फ संघ र धरान गल्फ क्लबसहित सबै सरोकारवालाप्रति आभार व्यक्त गर्दै एमेच्योर गल्फरको हितका लागि प्रतियोगिता आयोजना गरिएको र यसलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाए ।

salt training

कमेन्ट गर्नुहोस्