२९ जेठ २०८३, शुक्रबार

पेप्सिकोलामा मतदातासँग कुन्ती पोखरेलको ‘चिया गफ’

माघ ८, २०८२
काठमाडौं
पेप्सिकोलामा मतदातासँग कुन्ती पोखरेलको ‘चिया गफ’

काठमाडौं क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ३२, पेप्सिकोलामा राप्रपा उम्मेदवार कुन्ती पोखरेलले ‘चिया गफ’ कार्यक्रममा गरेकी छन् । 

स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै यस क्षेत्रका समस्या पहिचान र समाधानका उपाय खोज्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा सहभागीहरूले स्थानीय समस्या मात्र नभई राष्ट्रिय मुद्दालाई समेत सशक्त रूपमा उठाउनुपर्ने आवश्यकता औंल्याएका छन् । 

विशेषगरी उत्पादनमूलक उद्योग नीति निर्माण, स्वदेशमै रोजगारीका अवसर सिर्जना, युवा पलायन रोक्ने रणनीति तथा आत्मनिर्भर अर्थतन्त्रको आवश्यकताका विषयमा गम्भीर छलफल भएको छ ।

त्यसैगरी, भ्रष्टाचारको अन्त्यका लागि प्रभावकारी नीति निर्माणमा भूमिका खेल्ने, काठमाडौं क्षेत्र नम्बर २ को आवाजलाई संसदसम्म मजबुत रूपमा पुर्‍याउने साझा संकल्प व्यक्त गरिएको छ । 

null

जनताको प्रत्यक्ष सरोकारका मुद्दालाई प्राथमिकतामा राख्दै नीतिगत तहमा पहल गर्ने प्रतिबद्धता पनि कार्यक्रममा व्यक्त गरिएको छ ।

आयोजक पक्षले आमनागरिकलाई ‘चिया गफ’ कार्यक्रममा सहभागी भई आफ्ना गुनासा, सल्लाह र सुझाव खुलस्त रूपमा राख्न आह्वान गरेको छ । 

जनताको आवाज सुन्न र आफ्ना एजेन्डा जनतामाझ राख्न आफूहरू जनताकै घरदैलोमा आउने पोखरेलले प्रतिबद्धता जनाएकी छन् ।

कार्यक्रममा आगामी निर्वाचनलाई लक्षित गर्दै हलो चिन्हमा मतदान गर्न आग्रह गरिएको छ । सहभागीहरूले उद्योग, रोजगारी र सुशासनमार्फत मात्रै समृद्ध क्षेत्र र समृद्ध राष्ट्र निर्माण सम्भव हुने धारणा राखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्